२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

गर्मीले समाचार पढ्‌दा पढ्‌दै न्युज एकंर बेहोस भएपछि

नयाँ दिल्ली- भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका छन् र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस पुगिसकेको छ ।

चर्को गर्मीको बीचमा एक टिभी एन्कर प्रत्यक्ष प्रसारणको क्रममा गर्मी हावाको लहरका कारण समाचार पढ्दै गर्दा बेहोस भएकी छिन् । समाचार पढ्‌दै गर्दा उनको रक्तचाप अचानक घट्यो । दूरदर्शनको कोलकाता शाखाको एकंर लोपामुद्रा सिन्हा गर्मीका समाचार पढ्दा बेहोस भइन् । उनी बेहोसीमा नै समाचार पढिरहेको सुन्न सकिन्छ ।

‘टेलिप्रम्प्टर धमिलो भयो र म बेहोस भएँ, म मेरो कुर्सीमा लडेँ,’ लोपामुद्रा सिन्हाले आफ्नो फेसबुक पेजमा राखिएको भिडियोमा भनेकी छिन् ।

लोपामुद्रा सिन्हाले भनिन्,  ‘अत्यधिक गर्मी र रक्तचापमा अचानक गिरावट आएपछि म बेहोस भएँ ।’ उनका अनुसार कूलिङ सिस्टममा केही गडबडीका कारण स्टुडियोभित्र अत्यधिक गर्मी भएको उनको भनाइ छ ।

बिहानको समाचार प्रसारण हुनुअघि लोपामुद्रा सिन्हाले बंगालीमा आफू अस्वस्थ र तिर्खा लागेको बताइन् । उनले भनिन्, ‘म कहिल्यै पानीको बोतल साथमा बोक्दिनँ। १५ मिनेटको प्रसारण होस् वा आधा घण्टाको प्रसारण । २१ वर्षको करियरमा प्रसारण गर्दा पानी पिउनुपर्ने आवश्यकता महसुस नै गरिनँ तर यसपटक समाचार समाप्त हुनु भन्दा १५ मिनेट अघि मलाई अचानक तिर्खा लाग्यो र मेरो अनुहारको सट्टा टिभीमा कुनै दृश्यहरू बजिरहेको थिएन्, त्यसैले मैले प्रबन्धकलाई संकेत गरें र पानीको बोतल मागेँ ।’

लोपामुद्रा सिन्हाले भने बाइट बिना सामान्य समाचार मात्रै बजिरहेकाले पानी पिउने मौका नपाएको बताइन् । ‘बुलेटिनको अन्त्यमा एक टेक आयो र मैले पानी पिउने मौकाको सदुपयोग गरें । पानी पिएपछि केही बेर बेहोस भएँ । मेरो स्वर अस्पष्ट हुन थाल्यो,’ उनले भनिन् ।

ओडिशा, झारखण्ड र पश्चिम बङ्गालका केही भागहरूलाई असर गरिरहेको तातो हावाको लहर यस महिनाको दोस्रो गर्मीको लहर हो । पहिलो गर्मीको लहरले तेलंगाना, आन्ध्र प्रदेश, तमिलनाडु र गुजरातका केही भागमा अत्यधिक थियो। शनिबार केही स्थानको अधिकतम तापक्रम सामान्यभन्दा सातदेखि आठ डिग्री बढी रेकर्ड गरिएको थियो । पश्चिम बंगालको मिदनापुर र बांकुरामा क्रमशः ४४.५ डिग्री सेल्सियस र ४४.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com