२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

मदन भण्डारीलाई सम्झेर भक्कानिइन् विद्यादेवी भण्डारी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना श्रीमान् स्वर्गीय मदन भण्डारीलाई सम्झेर भक्कानिएकी छन् । सोमबार एमालेले नेकपा स्थापनाको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्वराष्ट्रपति भण्डारी भक्कानिएकी हुन् ।

उनले श्रीमान् नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीको निधनपछि आफ्नो राजनीतिक यात्राले नयाँ मोड लिएको बताएकी थिइन् । मदन भण्डारीलाई स्मरण गर्दा निकै भावुक भएकी भण्डारीले एमालेको प्रेरणा र प्रोत्साहन एवं जनताको चाहना अनुरुप मदन भण्डारीका अधुरा सपना साकार पार्न राजनीतिमा सक्रिय हुने परिवेश सिर्जना भएको बताइन् ।

उनले भनिन्, ‘नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० साल जेठ ३ गते जीप दुर्घटनामा परी निधन भएपछि मेरो राजनीतिक यात्राले नयाँ मोड लिएको थियो । नेकपा एमालेको प्रेरणा , प्रोत्साहन एवं कार्यकर्ता सदस्य यथा जनताको चाहना बमोजिम मदनका अधुरा सपना साकार पार्ने अभियानमा म थप जिम्मेवारीका साथ राजनीतिक सक्रिय रूपमा लाग्ने परिवेश निर्माण भएको हो ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com