२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

महतोको राष्ट्रिय मुक्ति क्रान्तिद्वारा दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा

काठमाडौँ- राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको संघर्षका कार्यक्रमहरू घोषणा गरेको छ । राष्ट्रिय मुक्ति क्रान्तिले गत फागुन १४, १५ र १६ गते काठमाडौँमा भएको विशाल प्रदर्शन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

अब जेठ ६ गतेदेखि आगामी असार ४ गतेसम्म देशभर विभिन्न गतिविधि मार्फत संघर्षका कार्यक्रम अगाडि बढाउने बताइएको छ । जसअन्तर्गत अन्तरक्रिया, विरोध र आमसभाजस्ता कार्यक्रमहरू रहेका छन् ।

त्यस्तै देशभरी भेटघाट, प्रशिक्षण र तयारी कार्यक्रमहरू अन्तर्गत जेठ २१ गते दाङ, जेठ २६ गते विराटनगर, जेठ २९ गते बुर्तिवाङ, असार १ गते लालबन्दी र असार ४ गते काठमाडौँको माइतीघरमा जनप्रदर्शन गर्ने भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com