२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति

काठमाडौँ- सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकमा संसदीय छानबिन समिति बनाउने सहमति भएको हो । उक्त समितिको टिओआर बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गर्ने हुने भएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहमति भएको र समितिको कार्यादेश के हुने भन्ने विषयमा छलफल हुने जानकारी दिएका छन् । उनले संसदीय समिति बनाएर जाने विषयमा सबै दलको समान धारणा रहेको बताए । टिओआर बनाउन आइतबार बिहानदेखि काम गर्ने कुरा भएको उनले बताए ।

आजको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटारको छलफल गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com