२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

भारतलाई हराउँदै बंगलादेश फाइनलमा, नेपालले पनि भारतलाई जित्नुपर्ने

काठमाडौँ- बंगलादेशले एक खेलअगावै नेपालमा जारी साफ यू-१६ महिला फुटबल च्याम्पियनसीपको फाइनलमा स्थान सुरक्षित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा भारतलाई ३-१ गोलअन्तरले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

बंगलादेशको जितमा अल्पी अक्तर, प्रिति र अर्पिताले एक-एक गोल गरे । भारतका लागि अनुष्का कुमारीले एक गोल फर्काइन् ।

यससँगै पहिलो खेलमा नेपाललाई २-० ले पराजित गरेको बंगलादेशले ६ अंक जोडेको छ । चार टिम सहभागी भएको प्रतियोगितामा नेपाल र भारतले दुईमध्ये समान एक-एक खेलमा जित हात पारेका छन् ।

भुटानले भने दुवै खेलमा पराजय भोगेको छ । भुटानले भने अब बंगलादेशको सामना गर्दा नेपालले भारतविरुद्ध खेल्नेछ ।

गोलअन्तरमा भारतमाथि भएका कारण फाइनल पुग्न नेपालले बिहीबार भारतलाई पराजित गर्नुपर्नेछ ।

भारतले भुटानलाई ७-० तथा नेपालले भुटानलाई ३-० गोलअन्तरले पराजित गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com