२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

सातदोबाटोसँग हारेसँगै ब्रिगेड ब्वाइज क्लब बी डिभिजनमा घटुवा

काठमाण्डौ । ब्रिगेड ब्वाइज क्लब ए डिभिजन लिगबाट रेलिगेशनमा परेको छ । आज सोमवार भएको खेलमा सातदोबाटो युथ क्लबसँग तीन–दुई गोलले पराजित भएसँगै ब्रिगेड ब्वाइज क्लब बी डिभिजनमा घटुवा भएको हो ।

यसअघि च्यासल युथ क्लब रेलिगेशनमा परिसकेको छ । आजको जितसँगै सातदोबाटो १८ अङ्कसहित चौथो स्थानमा पुगेको छ । सातदोबाटोका लागि सुशील राई, निरज चौधरी र दीपकराज सिंह ठकुरीले गोल गरे । ब्रिगेड ब्वाइजका लागि रोशन राना मगर र विदेशी खेलाडी ओट्टोउले गोल फर्काए ।

ब्रिगेड ब्वाइज रेलिगेशनमा परेसँगै फ्रेन्ड्स र जावलाखेल रेलिगेशनबाट बचेका छन् । एु डिभिजन लिग फुटबलको उपाधि मच्छिन्द्र क्लबले जितिसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com