२०८१ श्रावण ११ - Fri Jul, 2024 -

Janasewa News

इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौँ- इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ ।

इरानको सरकारी मिडियाका अनुसार राष्ट्रपति रैसीसहित ९ जनाको निधनमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको हो ।

राष्ट्रपति रैसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बरलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले मोख्बरलाई अन्तरिम कार्यभार हस्तान्तरण गरेका छन् । खामेनीले संविधानको धारा १३१ बमोजिम मोख्बरलाई यो जिम्मेवारी दिइएको बताए । मोहम्मद मोख्बरले ५० दिनभित्र राष्ट्रपति चुनावको तयारीका लागि न्यायिक प्रमुखहरूसँग काम गर्नुपर्नेछ ।

संविधानअनुसार इरानमा ५० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन हुनुपर्नेछ । तर, यसका लागि सर्वोच्च नेता खामेनीको स्वीकृतिको आवश्यकता हुन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com