२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

भोलिदेखि सुरु हुने यु–१४ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

भोलिदेखि सुरु हुने यु–१४ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

झापा । नेपालमा नै पहिलोपटक अक्सनमार्फत आयोजना हुन लागेको यु–१४ फुटबल प्रतियोगिता झापाको मेचीनगर–६ स्थित काँकरभिट्टामा सञ्चालन हुँदैछ ।

जेठ १४ गते शनिबार (भोलि) देखि आयोजना हुन लागेको प्रथम केएफसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

प्रत्येक टिमले १७ जना खेलाडी अक्सनमार्फत र ५ जना बाहिरबाट गरि जम्मा २२–२२ जनाका दरले खेलाडीहरू आ–आफ्नो टिममा छनोट गरेका छन्। प्रतियोगितामा आशिष गुरुङ मालिक रहेको क्लासिक वारियर्स, एन्जल गुरुङको राइजिङ ब्वाइज, सुरेश तिवारीको ह्याप्पी क्लब र बसन्त श्रेष्ठको संगम फुटबल क्लब गरेर ४ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।

काँकभिट्टा माविको खेलमैदानमा भोलि हुने उद्घाटन खेल क्लासिक वारियर्स र ह्याप्पी क्लब बिच हुने आयोजकले जनाएको छ ।

जेठ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत भोलिको विजेता टोलीले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजार र ट्रफी प्राप्त गर्नेछन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com