२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

प्रमुख दलका शीर्ष नेताको बैठक सुरु

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउनका लागि शीर्ष तहका नेताहरूको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा कांग्रेस दलका नेता कृष्ण सिटौला, प्रमुख सचेतक रमेश लेखक, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र एमाले प्रमुख सचेतक महेश बर्तौला सहभागी छन् ।

बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेता भने सहभागी भएका छैनन् ।

शुक्रबार बिहान बसेको संसदीय छानबिन समितिको कार्यादेश बनाउन बनेको कार्यदलको बैठक विना निष्कर्ष टुंगिएको थियो । शीर्ष तहमा सहमति खोज्ने गरी कार्यदलको बैठक सकिएको थियो ।

नेपाली कांग्रेसले शुक्रबार बिहानको बैठकमा कार्यादेशका लागि नयाँ प्रस्ताव अघि सारेको थियो । कांग्रेसले ल्याएको प्रस्तावमा सहकारी ठगीमा छानबिन हुँदा गृहमन्त्री रवि लामिछाने तानिनुपर्ने तर नाम उल्लेख नगर्न कांग्रेस तयार देखिएको छ ।

पछिल्लो प्रस्तावमा गृहमन्त्री लामिछाने जोडिएका भनिएका सहकारीको नाम भने राख्नुपर्ने कांग्रेसको माग छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com