२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

टी-२० विश्वकपमा आज तीन खेल

काठमाडौँ- जारी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछन् ।

पहिलो खेल नेपालले बंगलादेशसँग खेलिरहेको छ । सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५:१५ बजेदेखि भइरहेको छ ।

नेपाल सुपर आठको दौडबाट भने बाहिरिएको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्‌ससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग वर्षाले रद्ध भएको थियो ।

त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो । तर बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समुह डी मा तेस्रो स्थानमा छ ।

त्यस्तै दोस्रो खेल सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा नेदरल्याण्ड्‌स र श्रीलंकाबीच बिहान ६:१५ बजेदेखि खेल भइरहेको छ । समुह डी मा नेदरल्याण्ड्‌स पनि सुपर आठको दौडमा कायम रहेको छ ।

नेदरल्याण्ड्‌स र श्रीलंकाबीचको खेल नेदरल्याण्ड्‌सले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्ड्‌स सुपर आठमा पुग्ने अवस्था छ । यस समुहबाट श्रीलंका पनि सुपर आठको दौडबाट बाहिरिएको छ ।

त्यस्तै आज तेस्रो खेल समुह सी अन्तर्गत न्यूजील्याण्ड र पिएनजीबीच हुदै छ । नेपाली समय अनुसार राति ८: १५ बजेदेखि हुने यो खेलको नतिजाले कुनै असर भने गर्ने छैन ।

किनकी समुह सी बाट दुवै देश बाहिरीइसकेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com