२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

३ हजार १९४ केजी सुनको रकम हुन्डीमार्फत भुक्तानी भएको अनुसन्धान निष्कर्ष

काठमाडौँ । सुन तस्करीमा संलग्न चिनियाँ र नेपाली तस्करहरूले अवैध माध्यमबाट रकम लेनदेन गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ३ हजार १९४ केजी सुनको तस्करीमा संलग्न गिरोहले नेपालमा दुई वटा मोबाइल वालेट तथा विदेशमा एजेन्ट परिचालन गरेर हुन्डी मार्फत कारोबार गरेका हुन् ।

६० केजी सुन तस्करी गर्ने समूहले अहिलेसम्म ३ हजार १९४ केजी सुन तस्करी गरेको विज्ञ समूहको निष्कर्ष छ ।  तस्करले अस्ट्रेलिया, कोरिया र दुबईमा एजेन्ट परिचालन गरेर त्यहाँबाट नेपाल पठाउन चाहनेहरूको पैसा सङ्कलन गरेर सो रकमलाई डिजिटल मुद्रा ‘युएसडिटी’ मा रूपान्तरण गरेर हङकङमा पठाउने गरेको अनुसन्धानमा संलग्न सीआईबीका एक जना अधिकृतले बताए ।

अस्ट्रेलिया, कोरिया र दुबईमा नेपालमा पठाउन भनेर आफन्तले बुझाएको रकम चाहिँ मोबाइल वालेट ‘पेवेल’ र ‘सजिलो पे’ का एजेन्टहरूले नेपालमा भुक्तानी दिने गरेका हुन् । सुन तस्करहरूको रकम भुक्तानीमा दुई वटा वालेट कम्पनीहरूले राष्ट्र बैङ्कको नीति विपरीत हुन्डीको काम गरेको भेटिएको छ ।

१४ वैशाख २०८० देखी अहिलेसम्म ‘पेवेल’ र ‘सजिलो पे’ले १ खर्ब ८ अर्बको कारोबार गरेको भेटिएको छ । कारोबारमध्ये धेरै रकम सुनको भुक्तानी गरेको भेटिएको सीआईबीका प्रमुख (एआईजी) श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।

पेवेलका अध्यक्ष भीमप्रसाद तिमल्सिना, सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्य र सञ्चालक समिति सदस्य सुरज सम्शेर जबरालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सक्रिय एजेन्ट १५ सय ४७ जना मध्ये ८ जना मुख्य एजेन्टले अरबौँको कारोबार गरेको भेटिएको छ ।

बारामा पशुपति कन्सर्न सञ्चालन गर्ने अरुणकुमार यादव र जेके मनि ट्रान्सफर सञ्चालक लालबहादुर कुँवर पेवेलका एजेन्ट हुन् ।

सुन कारोबारको रकम एजेन्टले पेवेलको खातामा भौचर अपलोड गर्ने तथा वालेट सञ्चालकले राष्ट्र बैङ्कको नीति विपरीत स्रोत नखुलेको रकम भुक्तानी दिने गरेका हुन् । पेवेलले २१ वटा बैङ्कमा खाता सञ्चालन गरेको थियो । तस्कर समूहका सदस्यहरू ती सबै बैङ्क खाताबारे जानकार थिए ।

‘सजिलो पे’ ले पछिल्लो एक वर्षमा  २६ अर्ब कारोबार गरेको भेटिएको छ । सजिलोका सीइओ कश्यप मानन्धर, सञ्चालक भक्तपुर घर भएका सुशील ज्याकिबन्जा र काठमाडौँ– ६ घर भएका फुन्सुक डाग्पा अथुप्छाङ खम्पालाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष सुनिल ज्याकिबन्जा फरार छन् ।

अहिलेसम्म पक्राउ पर्नेहरू 

१. सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, भारत महाराष्ट्र

२. धिरज दिनेश वैटे ‘दिनेश’, भारत महाराष्ट्र

३. प्रशान्त गणेश वजवलकार, भारत महाराष्ट्र

४. सुरेन्द्रमान श्रेष्ठ, वीरगन्ज महानगरपालिका–१६

५. राजु खत्री, सूर्यविनायक नगरपालिका–९

६. बैजनाथ ब्रह्मादत्त गोयल, भारत गुजरात (बिशाल बजारमा शक्ति क्रिएसन सञ्चालक)

७. राजु थापा भन्ने प्रेमनाथ सेढाईं, धादिङ सिद्ध लेक–५

८. कान्छा लामा, काभ्रे तेमाल गाउँपालिका–४

९. कङ्का चासी ‘राजु भोटे र टासी भनेर चिनिने), चिन छेन्दु

१०. भीमप्रसाद तिमल्सिना, अध्यक्ष (पेवेल नेपाल प्रालि)

११. प्रज्वल आचार्य, सहायक कार्यकारी अधिकृत (पेवेल नेपाल)

१२. सुरजसम्शेर जबरा, पेवेल नेपाल (सञ्चालक समिति सदस्य)

१३. फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, काठमाडौँ–६ (सजिलो पे)

१४. सुशील ज्याकिबन्जा, भक्तपुर (सजिलो पे)

१५. कश्यप मानन्धर, भक्तपुर नगरपालिका–९ (सजिलो पे)

१६. लालबहादुर कुँवर, रुपन्देही तिलोत्तमा–६ (जेके मनि ट्रान्सफर)

१७. अरुणकुमार यादव, बारा (पशुपति कन्सर्न)

१८. सोनाम गुरुङ, चीन

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com