२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

धनगढी उपमहानगरको बजेट २ अर्ब १८ करोड

८ असार, धनगढी । धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब १८ करोड बराबरको बजेट ल्याएको छ ।

शुक्रबार बसेको ११ औं नगर अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

रानाले अगामी वर्षका लागि दुई अर्ब १८ करोड ८२ लाख ३२ हजार २२० रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी दिइन् ।

उनकाअनुसार चालु खर्चतर्फ एक अर्ब २० करोड १५ लाख ४४ हजार ११७ रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ ९८ करोड २६ लाख ८८ हजार बजेट विनियोजन गरिएको छ ।

चालु खर्चतर्फ कुल बजेटको ५५ प्रतिशत र पुँजीगततर्फ ४५ प्रतिशत बजेट विनियोजन गरिएको नगर उपप्रमुख रानाले बताइन् ।

विनियोजित बजेटमा खर्च ब्यहोर्ने स्रोतमा आन्तरिक आयतर्फ ३६ करोड ७६ लाख, राजश्व बाँडपफाँटबाट ४८ करोड २९ लाख ५४ हजार, अन्तर सरकारी वित्ततर्फ संघीय सरकारले हस्तान्तरण गर्ने एक अर्ब एक करोड ८७ लाख, अन्तर सरकार प्रदेशले हस्तान्तरण गर्ने आठ करोड २८ लाख र उपमहानगरपालिकाको चालु आर्थिक वर्षको विनियोजनबाट २३ करोड २३ लाख बचत हुने अनुमान गरिएको छ ।

शुक्रबार बसेको नगरसभाको पहिलो बैठकमा नगर प्रमुख गोपाल हमालले अगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने दोस्रो बैठकमा उपप्रमुखले बजेट प्रस्तुत गरेकी हुन् । तर, उनले विषयगत योजना तथा कार्यक्रमका बारेमा भने जानकारी दिएकी छैनन् ।

नगरसभाबाट बजेट पारित भइसकेपछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने उनको भनाइ थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com