२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

८ असार, बनियानी (झापा) । झापाको मेचीनगर नगरपालिका-१५ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मेचीनगर-१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार मेचीनगर-१५ लालझोडास्थित भित्री सडकखण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १-०१-०१६ प ४१८ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो ।

मोटरसाइलकमा तीन जना सवार थिए । दुर्घटनामा घाइते मेचीनगर-१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com