प्रधानमन्त्रीले विश्वासको मत लिन पत्र संसद् सचिवालयलाई पठाए
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रचण्डले पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्डले २८ गते संसदबाट विश्वासको मत लिन लागेका हुन् ।
उनले विश्वासको मत लिने जानकारीसहितको पत्र संसद् सचिवालयलाई पठाइसकेका छन् ।