२०८२ बैशाख १२ - Fri Apr, 2025 -

Janasewa News

स्थानीय तहमा रहेका २४ हजार सहकारीमध्ये १ हजार ९ सय २३ वटा सहकारी काठमाडौँमा

बागमती प्रदेशमा २ सय ८४ भन्दा बढी सहकारीविरुद्ध उजुरी

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका सम्बन्धमा प्रदेश र स्थानीय तहका नियामक निकायसंग छलफल गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सहकारी सञ्चालनको अवस्थाका बारेमा सम्बन्धमा प्रदेश र स्थानीय तहका नियामक निकायका पदाधिकारीहरूसँग छलफल गरेको हो । सो क्रममा समितिको कार्यादेशको अनुसूची २ मा रहेका सुर्यदर्शन, सानोपाइला लगायतका सहकारीका सम्बन्धमा छलफल भएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

उनले स्थानीय तहमा रहेका २४ हजार सहकारीमध्ये १ हजार ९ सय २३ वटा सहकारी काठमाडौँमा रहेको पाइएको बताए ।

त्यस्तै गोर्खा मिडियामा सुर्यदर्शन सहकारीबाट ४ करोड ८८ लाख र २० लाख ऋण प्रवाह भएको र जिवि ग्रुप अफ कम्पनीमा ५० लाख गएको देखिएको संयोजक थापाले जानकारी दिए ।

त्यस्तै उनले सुप्रिम सहकारीमा समस्या आएपछि, प्रदेशको नियामक निकायले पनि अध्ययन गरेको देखिएको बताए ।

देशभरमध्ये बागमती प्रदेशमा २ सय ८४ भन्दा बढी सहकारीविरुद्ध उजुरी परेको जानकारी प्राप्त भएको संयोजक थापाले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com