२०८१ माघ ६ - Sun Jan, 2025 -

Janasewa News

आइतबार टोकियोमा कन्सर्ट : गजुरेल, चौहान र राईले प्रस्तुति दिने

टोकियो- जापानको टोकियोमा आइतबार ‘कमेडी एण्ड म्यूजिकल कन्सर्ट–२०२४’ हुने भएको छ । पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको आयोजनामा जुलाई २८ तारिख आइतबार नाकानो जिरो हलमा बेलुका ५ देखि ९ बजेसम्म ‘कमेडी एण्ड म्यूजिकल कन्सर्ट–२०२४’ हुनेछ ।

उक्त कन्सर्टमा मनोज गजुरेल, एलिना चौहान, धिरज राई, विष्णु सापकोटा र डिजराज पौडेलको मुख्य प्रस्तुति रहनेछ । त्यस्तै जापानमै रहेका नेपाली कलाकार र जापानी ब्याण्डहरूको पनि प्रस्तुति रहने छ ।

संस्थाका अध्यक्ष अमित गौतमका अनुसार ‘विपन्न परिवारलाई शिक्षा र व्यवसायमा प्रोत्साहन’ कार्यक्रम सञ्चालनार्थ कन्सर्ट आयोजना गरिएको हो ।

कन्सर्टलाई नेपाली राजदूतावास टोकियो, एनआरएनए जापान तथा जापानमा अवस्थित विभिन्न संघ संस्थाहरूले सहयोग गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com