२०८३ जेष्ठ १२ - Tue May, 2026 -

Janasewa News

प्राइम कमर्सियल बैंकको नाफा ३.६ गुणा बढ्यो

काठमाडौं । प्राइम कमर्सियल बैंकको खुद नाफा ३.६ गुणाले बढेको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३ अर्ब ७७ करोड रुपैयाँ छ ।
अघिल्लो पटक सोही अवधिमा यस्तो नाफा १ अर्ब २ करोड रुपैयाँ थियो ।

लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्नु र खुद ब्याज आम्दानीसँगै अरु आम्दानी बढ्दा नाफामा टेवा पुगेको देखिन्छ ।

बैंकको ब्याज आम्दानी १२ प्रतिशत बढेको छ । यस्तो आम्दानी अघिल्लो पटक ७ अर्ब १४ करोड रहेकोमा गत आर्थिक वर्षमा ८ अर्ब छ । त्यस्तै गत आवमा लोनलस प्रोभिजन १ अर्ब २४ करोड रुपैयाँ छुट्याएको छ ।

असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब १९ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ६ रुपैयाँ १८ पैसा हो । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४५ पैसा छ ।
बैंकको निष्क्रिय कर्जा कुल कर्जा ४.६७ प्रतिशत छ, अघिल्लो पटक यस्तो कर्जा ४.८५ प्रतिशत थियो । बैंकको सीडी रेसियो ८६.२० प्रतिशत छ ।

बैंकको मुख्य बिजनेस मानिने कर्जा प्रवाह १८.५८ प्रतिशत बढेको छ । असार मसान्तसम्म बैंकले १ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

त्यस्तै बैंकको आधार दर ८. ४९ प्रतिशत छ । १९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष (रिजर्भ)मा ११ अर्ब ५२ करोड रुपैयाँ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com