२०८१ माघ २ - Wed Jan, 2025 -

Janasewa News

माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजेदेखि  पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।

बैठकमा आज पनि नेताहरुले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ । साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।

शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेतृत्वको विकल्प, विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले खुलेर बहस गरेका छन् ।

शनिबार बसेको बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टीभित्रको समस्या, नेतृत्वको विकल्प र पार्टी निर्माणबारे लिखित प्रस्ताव नै पेस गरेका थिए । त्यस्तै, अर्का उपमहासचिव वर्षमान पुनले पनि नीति र नेतृत्व सम्बन्धमा खुलेर बहस गरेका थिए ।

आइतबार बसेको बैठकमा बोल्ने अधिकांश नेताहरूले नीति र नेतृत्वको विषयमा सैद्धान्तिक बहस गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । यस्तै विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्नेमा छलफल भइरहेको सापकोटाले जानकारी दिए ।

उनका अनुसार केही सदस्यले नियमित महाधिवेशन मिति आउन लागेकाले विशेष महाधिवेशनको आवश्यकता नभएको विचार राखेका थिए । तर केहीले भने विशेष महाधिवेशन गरी सांगठनिक समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए । यो विषय पनि अब केन्द्रीय समितिले नै टुङ्ग्याउने उनको भनाई थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com