२०८१ माघ २५ - Fri Feb, 2025 -

Janasewa News

रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दैछ ।​मुख्यतयाः जलन सम्बन्धी विधेयकमा छलफल साे बैठककाे एजेण्डा रहने छ ।

आज मंगलबार बिहान १०ः३० बजे बोलाइएको बैठकमा सदनमा रास्वपाको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल हुनेछ ।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको छ ।

उनका अनुसार समसामयिक, राजनीतिक घटनाक्रमसहित थप एजेण्डामा प्रस्तावित जलन सम्बन्धी गैरसरकारी  विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरू सम्बन्धी, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक र विविध रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com