२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

विधेयकमा जुटेको सहमतिले देशको लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश दिएको छ : कानुनमन्त्री चौरसिया

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले  सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमा जुटेको सहमतिले देशको लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश प्रवाह गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपरण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि भएको छलफलपछि मन्त्री चौरसियाले विधेयकलाई तार्किक निष्कर्षमा पुर्‍याउन सहयोग पुर्‍याएको भन्दै सदस्यलाई धन्यवाद व्यक्त गरेका छन् ।

उनले विधेयक निर्माणका लागि भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरे । “सबैले एकस्वरमा शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउने शुद्ध भावनाका साथ संसद्लाई सम्बोधन गर्नुभएको छ । यो देशको लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश देशभित्र गएको छ”, उनले भने, “यो ऐतिहासिक दस्तावेजलाई तार्किक निष्कर्षमा पुर्‍याउन सहयोग गरेकामा धन्यवाद व्यक्त गर्दछु ।”

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com