२०८१ माघ २ - Wed Jan, 2025 -

Janasewa News

८ वटा सहकारीमा आबद्ध ‘सिते बा’सँग समितिले लियो बयान

काठमाडौँ । विभिन्न ८ वटा सहकारीमा आबद्ध ‘सिते बा’ भनिने मधुसुदन पाठकसँग सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले बयान लिएको छ ।

समितिका सभापति सूर्य थापाले विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये शनिबार उनीसँग बयान लिइएको जानकारी दिए ।

ज्येष्ट वचत तथा ऋण सहकारी संस्थाका सचिव पाठक ८ वटा सहकारी संस्थाहरूसँगआबद्ध छन् । बैठकमा उनले समितिले सोधेका विषयहरुमा जवाफ पेस गरेको बताइएको छ । सिते बा कलाकार समेत हुन् । यस्तै २०७९ मा उनले काठमाडौँ ५ बाट प्रतिनिधिसभा निर्वाचन लडेका थिए ।

समितिले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा विभिन्न व्यक्तिलाई बोलाएर बयान तथा छलफल गर्दै आएको छ । आजै अन्य तीन जनालाई पनि समितिले बोलाएर बयान लिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com