२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

घरजग्गा कारोबार साढे ११ प्रतिशतले बढ्यो, राजस्व ३२ प्रतिशत वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना घरजग्गा कारोबारमा गत वर्षको तुलनामा सुधार देखिएको छ ।

चालु आर्थिक वर्ष (आव) २०८१/८२ साउनमा घरजग्गा कारोबार र त्यसबाट प्राप्त हुने मालपोत कर (राजस्व) दुवैमा सुधार देखिएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनमा कुल ४३ हजार ८ सय ३५ लिखत पारित भएको छ ।

गत आव २०८०/८१ साउनमा ३९ हजार २ सय ६३ लिखत पारित भएकोमा चालु आव ११.६४ प्रतिशतले बढेको हो ।

गत आव अन्तिम महिना असारको तुलनामा भने साउनमा घरजग्गा कारोबार घटेको देखिन्छ । असारमा ४४ हजार ५ सय ६९ लिखत पारित भएको थियो ।

घरजग्गा लिखत पारितसँगै मालपोत कर (राजस्व) पनि बढेको छ । चालु आव साउनमा ३ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ । जुन गत आव सोही अवधिको तुलनामा ३१.७७ प्रतिशतले धेरै हो ।

साउन २०८० मा घरजग्गा कारोबारबाट २ अर्ब ९१ करोड ४ लाख बराबर राजस्व प्राप्त भएको थियो । गत वर्षको तुलनामा राजस्वमा उल्लेख्य सुधार देखिए पनि गत असारको तुलनामा भने घटेको छ । गत असारमा ५ अर्ब २ करोड ३६ लाख राजस्व संकलन भएको थियो ।

चालु आव मात्रै नभएर गत आवमा पनि आवको पहिलो महिनामा अघिल्लो महिनाको दाँजोमा घरजग्गा कारोबारबाट प्राप्त हुने राजस्व उल्लेख्य घटेको देखिन्छ ।

असार २०८० मा ४ अर्ब २७ करोड ८३ लाख राजस्व संकलन भएकोमा साउन २०८० मा २ अर्ब ९१ करोड ४ लाख मात्रै राजस्व संकलन भएको थियो ।

चालु आव साउनमा प्राप्त ३ अर्ब ८३ करोड ५१ लाख राजस्वमध्ये २ अर्ब ५५ करोड १९ लाख ५१ हजार रजिस्ट्रेसन दस्तुर छ ।

त्यस्तै १ अर्ब ३४ करोड ६९ लाख ४९ हजार पूँजीगत लाभकर प्राप्त भएको छ । २६ करोड ६८ लाख ६९ हजार सेवाकर प्राप्त हुँदा ३६ करोड ७८ लाख २८ हजार राजस्व छुट दिइएको विभागको तथ्यांक छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com