२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

विप्लव निकट विद्यार्थी संगठनले भन्यो पक्राउ परेका विद्यार्थी नेता कार्यकर्ता रिहा गर

विप्लव निकट विद्यार्थी संगठनले भन्यो पक्राउ परेका विद्यार्थी नेता कार्यकर्ता रिहा गर

जनसेवा न्युज डटकम संवाददाता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले पक्राउ परेका विद्यार्थी नेता कार्यकर्ता रिहा गर्न माग गरेको छ । नेपाल बन्दको आह्वान गर्न सडकमा निस्किएका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेपछि अध्यक्ष प्रकाश शाहीले एक विज्ञप्ति जारी गर्दै रिहा गर्न माग गरेका हुन् ।

विनासर्त आफ्ना विद्यार्थी नेता कार्यकर्ता रिहा गर्न शाहीले आग्रह गरेका छन् । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले तीन बुँदे सहमती गरेपनि कार्यन्वयन नभएको भन्दै विप्लवसहित चार कम्युनिस्ट पार्टीले नेपाल बन्द गरेका थिए । सरकारले तीन बुँदे सहमती कार्यन्वयन गर्नुको सट्टा उल्टै महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायत शिर्ष नेताहरुलाई सरकारले पक्राउ पुर्जी जारी गरेपछि विरोध गरेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com