२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

पाँच महिने सरकारले आर्थिक बोझ पर्ने बजेट ल्यायो : पूर्व अर्थमन्त्री पौडेल

पाँच महिने सरकारले आर्थिक बोझ पर्ने बजेट ल्यायो : पूर्व अर्थमन्त्री पौडेल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले भर्खरै निर्वाचनपछि निर्मित सरकारलेझैँ आर्थिक बोझ पर्नेगरी बजेट ल्याएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएका हुन् ।

पूर्व अर्थमन्त्री पौडेलले उक्त बजेट मतदातालाई रिझाएर आउने निर्वाचनमा भोट प्रभावित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाएका छन् । आर्थिक सङ्कटको डिलमा पुगेको मुलुकको अवस्थालाई ख्याल नगरी बजेट ल्याइएको उनको भनाइ थियो । उनले आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य आधारहीन रहेको आरोप समेत लगाए । नेता पौडेलले भने, “नाराहरु जतिसुकै सुन्दर भए पनि प्रस्तुत बजेट उल्टो दिशातर्फ उन्मुख छ ।”

बजेटमाथि आजबाट छलफल सुरू भएको छ । सो छलफल र जवाफका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १७, १८ र १९ गतेका दिनहरु तोकेका छन् ।

दोषीलाई कारबाही गर्न माग

छलफल सुरु हुनुअघि समय माग गरेर सांसद अञ्जना विशङ्खेले बाँकेको एक हत्याको घटनामा दोषीलाई कैदबाट उम्काएर निर्दोष सुन्दर हरिचनलाई कैद पठाइएको भनी आएको समाचारबारे ध्यानाकर्षण गराउँदै न्याय प्रशासन र संलग्न कर्मचारीलाई कारबाही गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेकी थिइन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com