२०८१ माघ २ - Wed Jan, 2025 -

Janasewa News

विशेष महाधिवेशनमा गएर पार्टीलाई गति दिन प्रचण्डलाई सुझाव

काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेशका नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विशेष महाधिवेशनमा गएर पार्टीलाई गति दिन सुझाव दिएका छन् ।

माओवादी केन्द्रको बुधबारबाट पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बागमती प्रदेशस्तरीय परामर्श समितिको बैठकमा बोल्ने अधिकांश नेताहरूले यस्तो सुझाव दिएको नेता लेखनाथ दाहाल राजनले रातोपाटीलाई जानकारी दिए । ‘पार्टीको आन्तरिक एकता बलियो पार्दै पार्टीलाई थप गति दिनुपर्छ । त्यसका लागि विशेष महाधिवेशनमा जानुपर्ने भएपनि पछि हट्नु हुँदैन भन्ने धेरैको सुझाव छ’, दाहालले बैठकमा व्यक्त धारणालाई उधृत गर्दै भने, ‘तर अहिले अध्यक्ष प्रचण्डको विकल्प प्रचण्ड नै हो ।’

त्यस्तै अध्यक्ष प्रचण्डले परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणले एमाले झस्किएको बताएका छन् । प्रचण्डले देउवालाई भारतले उच्च महत्त्व दिएपनि वर्तमान सरकारलाई जनता र अन्तर्राष्ट्रिय जगतको त्यति धेरै समर्थन प्राप्त नभएको बताएका छन् । पहिलो दिनको बैठकमा अध्यक्षले आफ्नो धारणा राखेपछि प्रदेशका ४१ जना नेताहरूले बोलेका थिए । प्रदेशका ११९ जना नेतामध्ये बाँकीले बिहीबार बोल्ने नेता दाहालले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com