२०८१ माघ १ - Tue Jan, 2025 -

Janasewa News

आयोग गठन गर्न सरकारले ढिलो गर्नु हुँदैन : सांसद श्रेष्ठ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठन गर्न ढिलाइ गर्न नहुने बताएका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद श्रेष्ठले संघीय संसद्का दुवै सदनबाट पारित भइसकेपछि राष्ट्रपतिबाट दस्तखत भएसँगै आयोग गठनको काम सुरु हुनुपर्ने बताए । उनले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग तथा सत्य निरूपण तथा मेलमिलाप आयोग बनाउन ढिलाइ गर्नु नहुने बताए । उनले विधेयक पारित गर्नु मात्रै ठुलो कुरा नभएको भन्दै पारित भइसकेपछि पनि धेरै चुनौतीपूर्ण कामहरू रहेको बताए ।

उनले भने,‘जब संशोधन विधेयक पारित भएर राष्ट्रपतिको सही भइसक्छ त्यसपछि यसलाई तत्काल आयोग बनाउने प्रक्रियामा लैजानुपर्छ । आयोग सिफारिसको सम्बन्धमा पहिला नै पूर्वन्यायाधीशको नेतृत्वमा एउटा कमिटी छ ।’

सांसद श्रेष्ठले सामाजिक आर्थिक रूपान्तरण, विकास समृद्धिको दिशामा सबै राजनीतिक दलहरू एक हुनुपर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com