मन्त्रालयबाट अनुदान लैजानेको नाम सार्वजनिक गरिन्छ : मन्त्री अधिकारी रामनाथ
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले अनुदान लैजानेको नाम सार्वजनिक गर्ने बताएका छन् । मन्त्रालयमा पत्रकारसँगकाे भेटघाटमा बोल्दै उनले कृषि अनुदान व्यापक दुरुपयोग भएको गुनासो आएकाले तत्काल मन्त्रालयले अनुदान लैजानेको नाम सार्वजनिक गर्ने बताएका हुन् ।
‘कृषि अनुदानमा रहेको दोहोरोपना हटाउनेको साथै कृषि अनुदान व्यापक दुरुपयोग भएको गुनासो आएकाले तत्काल मन्त्रालयले अनुदान लानेको नाम सार्वजनिक गर्ने छ,’ उनले भने, ‘अनुदान कुम्ल्याउने तर जरो किलो पनि नहुनेलाई कानुनको दायरामा ल्याइनेछ ।’
मन्त्री अधिकारीले कृषि पेसा टिकाउनका लागि मन्त्रालयले प्राविधिक सेवालाई तीनै तहबाट विस्तार गर्ने बताए ।