२०८१ माघ २ - Wed Jan, 2025 -

Janasewa News

कांग्रेस–एमालेलाई प्रचण्डको सन्देश : तपाईंहरुसँग हिस्सेदारी माग्न आउँदिन

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सत्तामा हिस्सेदारी माग्न कांग्रेस र एमाले नेताहरुसमक्ष नजाने बताएका छन् ।

मंगलबार संसदमा विशेष समय लिएर बोलेका माओवादी अध्यक्ष प्रचण्डले आफूहरु झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन नआउन दुबै दलका नेताहरुलाई चुनौती दिएका छन् । उनले भने, ‘कांग्रेस–एमालेका साथीहरुलाई म यही रोष्ट्रमबाट सम्बोधन गर्दछु, प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, तपाईंहरुकहाँ सत्तामा हिस्सेदारी माग्न आउनेछैन ।’

माओवादी पार्टीभन्दा पनि सीमान्त वर्ग, वर्ण, लिंग र क्षेत्रको आन्दोलन भएको उनले बताए । उनले अगाडि भने, ‘म यही संसदबाटै स्वीकार गर्छु, यसबीचमा कमजोरीहरु भए । जनतासँग संवादका कमजोरी भए, व्यवहारका कमजोरी भए । वर्गीय पक्षधरताका कमजोरी भए ।’

आफूहरुको यही कमजोरीमा खेलेर कांग्रेस र एमाले सीमान्तहरुका प्राप्त अधिकार खोस्न चलमलाउन थालेको उनको दाबी छ । तर अब माओवादीको ध्यान सत्तामा नभएर षड्यन्त्रको प्रतिरोधमा रहेको उनले बताए ।

‘आन्दोलनको पुनर्गठनमा छ । त्यही पुनर्गठनका बलमा भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौं’, प्रचण्डले चेतावनीको भाषामा भने, ‘पहिला पनि बनाएका हौं, अब पनि बनाउने छौं ।’

उनले अगाडि भने, ‘ त्यतिबेलासम्म कृपया तपाईंहरु मिलिदिनुहोला । बीचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com