२०८३ बैशाख ९ - Wed Apr, 2026 -

Janasewa News

नेपाली कांग्रेसले मानेको खण्डमा उपसभामुख परिवर्तन हुनसक्छः मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौं। सञ्‍चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेसले मानेको खण्डमा उपसभामुख परिवर्तन हुनसक्ने बताएका छन् । आज (शुक्रबार) प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभामुख, उपसभामुख पद परिवर्तन हुनु स्वभाविक भएको बताए ।

उनले अहिले नेकपा (एमाले) बाट सभामुख रहेको बताउँदै अब उपसभामुख परिवर्तन भए कांग्रेसले पाउने बताए । ‘अहिले कांग्रेस र एमालेको गठबन्धनको सरकार छ । गठबन्धनमा सहमति भयो भने उपसभामुख चेन्ज हुन सक्छ,’– उनले भने ।

मन्त्री गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभामुख बनेकी इन्द्रिरा रानालाई सरकारले हटाउन लाग्यो भनेर गलत हल्ला फैलाइएको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com