२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बैठक बोलाइएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार पछिल्लो राजनीतिक अवस्था, संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

सत्ता पक्षले उपसभामुख इन्दिरा रानालाई हटाउने मनसायले तयारी अगाडि बढाएको अवस्था त्यसबारे धारणा बनाउन पनि माओवादी आन्तरिक छलफलमा जुट्न लागेको हो । यस्तै आज साँझ प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्  । सोमबार मात्रै प्रधानमन्त्री ओलीले परिषद् सदस्य तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com