२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरा गरी आपसी सम्बन्धमा योगदान दिएकामा राजदूतलाई धन्यवाद दिए ।

भेटमा दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । यस्तै दुवै देशमा आ–आफ्ना दूतावास खोल्न प्रस्ताव भएको थियो ।  भेटका अवसरमा नेपालका लागि रोमानियाका मानार्थ वाणिज्य दूत नारायण बजाज, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी रहेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com