प्रदेश सरकारमार्फत थालिएको एक घर एक धाराको अवधारणा अलपत्र

काठमाडोँ । एक घर एक धारा बनाउने प्रदेश सरकारको नीति कता हरायो ? बारपाक सुलिकोट गाउँपालिका को वडा न.६ ताकुकोटमा बिगत ७ बर्ष देखि गण्डकी प्रदेश सरकारमार्फत थालिएको एक घर एक धाराको अवधारणा अलपत्र परेको छ। ताकुकोट स्थित बजारखोप भन्ने ठाउँबाट पानी मोटर बाट लिफ्ट गरि करिब ४५० घर धुरीलाई स्वाच्छ सफा पानी खुवाउने भन्ने हो । तर गण्डकी प्रदेश सरकार , जिल्ला खाने पानी कार्यालय गोरखा र बजारखोप खानेपानी उपभोक्ता समितिको काम गर्ने शैली नमिलेकाले ताकुकोट निवासी स्थानीय जनताहरुले हाल सम्म पनि घरको धाराको पानी खान पाएका छैनन्।
संघियता स्थापना भए लगतै बनेको तीन तहको सरकारले आ- आफ्नो ठाउँबाट पहल त सुरुगर्यो एक घर एक धारा तर यो नारामा मात्रै सिमित भयो। स्थानियको गुनासो छ। स्थानिय सरकारको पहल र पटक पटक को ताकेताले प्रदेस सरकार बाट काम त भयो तर हालसम्म अधुरै अवस्थामा रहेको छ। बजारखोप खानेपानी उपभोक्ता समितिका अध्यक्ष उदय प्रसाद देवकोटा छन । सुरुको अवस्थामा उनले पहल त राम्रै गरे तर पछिल्लो अवस्थामा भने खासै काम देखिएन अध्यक्ष को घर काठमाण्डौमा छ उतै बस्छन । उनलाई पानी आवस नआवस खासै मत्लव छैन ।
प्रदेस सरकार बाट हालिएको बजेट बाट समितिका अध्यक्षको मात्र मिलेमतोमा जिल्ला खानेपानी कार्यालय गोरखाले न्युनतम १५% रकम खानेपानी कार्यालयलाई बुझाउने ठेकेदारलाई काम को जिम्मा लागाईएको हुन्छ। हाल सम्म काम सम्पन्न नहुनुको मुख्यकारण नै यही हो । अध्यक्ष काठमाण्डौ बस्ने अरुसमितिलाई जानकारी नदिने भएकोले काम ढिला भएको हो स्थानियको गुनासो छ।पोहोर साल २०८०/८१ मा प्रदेश सरकारले काम सक्ने गरि रकम बिनियोजन गर्यो तर खानेपानी कार्यालय गोरखाले आफुलाई भनेजति प्रशेन्ट दिने जस्तो ठेकेदार नपाएर काम ढिला भयो। बारपाक सुलिकोट गाउँपालिका को पटक पटक को कार्यालयलाई गरिएको ताकेता र स्थानीयहरुको चर्को दवाबका कारण कार्यालयले असारको मद्यतिर मात्र काम थाल्यो त्यही पनि अधुरै रह्यो। पोहोर साल ०७९/८० मा प्रदेस सरकारले बिनियोजन गरेको रकम बाट समितिको पदाधिकारी उपाध्यक्ष र सचिव ले समितिबाटै काम हुनुपर्छ भनेर जिल्ला खानेपानी कार्यालयलाई गरेको ताकेता बाट समितिले काम गर्यो र ४५० धारा निर्माण भए ।
तर जिल्ला खानेपानी कार्यालय र समितिकै अध्यक्षलाई १५% न्युनतम रकम जुन ठेकेदारले बुझाउँछ उसैलाई काम दिने चलनकै कारण काम सम्पन्न हुन नसकेको स्थानिय हरुको गुनासो छ। उपभोक्ता समिति र जिल्ला खानेपानी कार्यालयले ०८१ दसैमा सबेैको घरमा पानी झार्ने प्रतिबद्धता जनाएका थिय तर यो अधुरै हुने भएको स्थानिएको भनाई छ। पाईपहरू बाटोमै अलपत्र रहेका छन। खानेपानी मुहान मा लगिएको हाईटेन्सन बिद्दुतको लाईन अलपत्रै छ । अझ काम सबै सक्नको लागि नियमित काम गर्न ३ महिना लाग्छ।
गण्डकी प्रदेश सरकारका मुख्य मन्त्रि सुरेन्द्रराज पाण्डे यही क्षेत्रबाट निर्बाचित माननीय हुन्। यहाँको जनताले भोटहालेर उनलाई मुख्यमन्त्रि सम्म बनाय तर जनताको घरमा भने पानी झरेन चुनावी अभियानमा मुख्यमन्त्रिको नारानै एक घर एक धारा थियो अहिले त्यो शब्द नारामै सिमित भयो स्थानियको भनाई छ। ८१/८२ मा काम हुनेगरी प्रदेश सराकारबाट जम्मा ८००००० रकम मात्र बिनियोजन भएको छ । यो रकमले कति काम गर्ने हो भन्ने समिति अन्योलमा छ ।
हामिले ८१ दसैमा पानी दिन्छौ भनेर आस्वासन दियौँ तर रकम भने एक चौथाई कोनी आधा आयो हामी हामी अन्योलमा छौँ समिति भन्छन।यसको दोस सबै खानेपानी कार्यालय गोरखा र उपभोक्ता समिति का अध्यक्ष माथि रहेको स्थानिय बताउँछन। उनिहरले मोलमोलाईमा ठेकेदार नखोजिकन समितिलाई सुरुदेखि कामको जिम्मा दिएको भए यति बेला सबैको घर घरमा पानी आउँथ्यो।



