२०८३ बैशाख ११ - Fri Apr, 2026 -

Janasewa News

दशैंको टिकाको उतम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौँ –  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको जनाएको छ । समितिले आज जारी गरेको सूचनामा सो कुरा उल्लेख गरिएको हो ।

२०८१ सालको दशैं असोज १७ गतेबाट दशैं सुरु हुनेछ । १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको  सूचनामा उल्लेख छ ।

असोज २४ गते फूलपाती भित्र्याउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा छ । फूलपातीको दिनदेखि सरकारी कार्यालयहरूमा दशैंको सार्वजनिक बिदा सुरु हुनेछ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको छ ।

यस्तै असोज २६ गते दशैंको मुख्य दिन टीका हो । यस दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत छ । देवी विसर्जन गरिसकेपछि मान्यजनबाट टीका जमरा ग्रहण गरिन्छ । सो दिन टीका लगाइ माग्ने व्यक्ति पूर्व फर्किनुपर्ने छ ।

असोज ३० गते बुधबार कोजाग्रत पूर्णिमा छ । यसै दिनबाट दशैं सकिन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com