नेता कार्यकर्तालाई वनस्थली आउन रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंमा रहेका नेता-कार्यकर्तालाई वनस्थली बाेलाएको छ ।
आइतबार बागमती प्रदेश समितिका सभापति अच्युतम लामिछानेले ह्वाट्स एपमा सन्देश पठाउँदै पार्टी केन्द्रीय कार्यालय आउन निर्देशन दिएका हुन्।
गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक रहेका छविलाल जोशी पक्राउ परेपछि रास्वपाले कार्यकर्तालाई पार्टी कार्यालयमा बाेलाएको छ । गोरखा मिडिया नेटवर्कको तत्कालीन सञ्चालक समिति सदस्य रहेका जोशी पक्राउ परेपछि रास्वपा सभापति रवि लामिछानेबारे के हुन्छ भन्दै चासो बढेको छ ।
लामिछाने र जोशीलाई कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको थियो ।



