२०८३ जेष्ठ ११ - Mon May, 2026 -

Janasewa News

राष्ट्रसंघका महासचिवलाई इजरायल प्रवेशमा रोक

काठमाडौं । इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई देशमा प्रवेश गर्न रोक लगाएको छ ।

राष्ट्रसंघका महासचिव गुटेरेसनलाई इजरायल प्रवेशमा प्रतिबन्ध लगाएको विदेशमन्त्री इजरेल काट्जले ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘जसले इरानले इजरायलमाथि गरेको जघन्य हमलाको प्रष्ट रुपमा निन्दा गर्न सक्दैन, उसलाई इजरायली जमिनमा पाइला राख्ने कुनै हक छैन ।’

गुटेरेसले ७ अक्टोबरमा हमासले गरेको आक्रमणको निन्दा नगरेको उनको आरोप छ ।

साथै हमासलाई आतंकवादी संगठन घोषणा गर्ने कुनै पहल नगरेको तथा हमास, हिज्जबुल्लाह र हुतिपछि अब इरानको तर्फबाट भएको हत्याको समर्थन गरेको काट्जले बताएका छन् ।

उनले भने, ‘उनलाई राष्ट्रसंघको इतिहासको दागका रुपमा याद गरिनेछ ।’ राष्ट्रसंघका महासचिव गुटेरेसको साथ विना नै इजरायलले आफ्ना नागरिकको रक्षा गर्ने उनले बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com