२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

सलमान खानको पनवेल फार्महाउसमा फिल्मस्टारको शव गाडिएको छिमेकीको दाबी

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खानको पनवेल फार्महाउसमा चलिरहेको सम्पत्तिको विवाद अहिले थप चर्किएको छ । छिमेकी केतन कक्कडले आफूमाथि केही चकित पार्ने आरोप लगाएपछि अभिनेता खानले मानहानीको मुद्दामा सिङ लक गरेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार सलमान खानका वकिलले केतन कक्कडको सामाजिक सञ्जाल पोस्ट र अन्तर्वार्ताको अंश पढेर सुनाएका छन्, जहाँ उनले अभिनेता खानविरुद्ध गम्भीर आरोप लगाएका छन् । रिपोर्टका अनुसार छिमेकी कक्कडले सलमान खानको फार्महाउसमा फिल्मस्टारको शव गाडिएको र त्यहाँ बालबालिकाको तस्करी समेत हुने गरेको आरोप लगाएका छन् ।

छिमेकी कक्कडको उक्त आरोपको जवाफ दिँदै अभिनेता खानका वकिल प्रदीप गान्धीले भनेका छन्, ‘यी आरोपहरू कुनै प्रमाण बिना नै लगाइएका छन् । र, उनीहरूले अभिनेताको प्रतिष्ठामा आँच पु¥याउने प्रयास गरिरहेका छन् ।’

भर्खरै मात्र छिमेकी कक्कडलाई भिडियो, पोष्ट वा ट्वीटको रूपमा झुटो, अपमानजनक र मानहानिपूर्ण आरोपहरू लगाउनबाट रोक्नको लागि सलमान खानले कक्कडविरुद्ध मुद्दा दायर गरेका थिए । तर, छिमेकीविरुद्ध मानहानीको मुद्दामा अन्तरिम आदेशको लागि अभिनेताको निवेदन अदालतले खारेज गरिदिएको छ ।
सम्पत्ति विवादमा स्पष्ट पार्नका लागि कक्कडले कथित रूपमा सलमान खानले अर्पिता फार्मको छेउमा रहेको उनको प्लटमा पहुँच रोकेको दाबी गरेका थिए । तर, अभिनेताका वकिलले भने त्यसलाई अस्वीकार गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com