२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

कार्तिक ४ बाट असोज २१ मा सर्यो दया र सौगातको ‘२ नम्बरी’

कार्तिक ४ बाट असोज २१ मा सर्यो दया र सौगातको ‘२ नम्बरी’

काठमाडौँ । कार्तिक ४ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘२ नम्बरी’को प्रदर्शन मिति हेरफेर भएको छ । यो चलचित्र तिहारको अवसरमा कार्तिक ४ गते रिलिज हुने पक्का भएको थियो । तर, निर्माणपक्षले अब यो चलचित्रको प्रदर्शन मिति २ साता अगाडि सारेको छ । चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले अब चलचित्र असोजको २१ गतेबाट रिलिज हुने जानकारी दिए ।

वितरकसँग सल्लाह गरेर नै आफूहरुले असार २१ गते खाली रहेको मितिमा चलचित्र रिलिज गर्न लागेको उनको भनाइ छ ।दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेन मुख्य भूमिकामा छन् । २ साथीको मित्रताको कथामा यो चलचित्र बनेको हो ।

सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रमा मिठु तामाङ्नी सह–निर्माताको रुपमा छिन् । चलचित्रमा दीपक मनाङे अमलादेवी राई र जयश श्रेष्ठ निर्माताको रुपमा छन् । यो चलचित्र कार्तिक ४ बाट असोज २१ मा सरेसँगै अब कार्तिक ४ मा चलचित्र ‘के घर के डेरा’ले सोलो रिलिजको अवसर पाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com