२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

नमोबुद्ध गाउँपालिकाका बाढी पीडितहरूलाई छिटो राहत दिन रास्वपाको सरकारसँग माग

काठमाडौँ – काभ्रेपलाञ्चोक नमोबुद्ध गाउँपालिकाका बाढीपीडितहरूले छिटोभन्दा छिटो राहत दिन सरकारसँग माग गरेका छन् ।

बाढीका कारण घरहरू क्षति भएको र खाद्यान्नको समेत अभाव हुन थालेको भन्दै छिटोभन्दा छिटो राहत दिन सरकारसँग माग गरेका हुन् ।

उनीहरुले बाढीका कारण घर भत्किएकाले आवास बनाउनका लागि अनुदान दिन समेत माग गरेका छन् ।

बाढीका कारण सडक सञ्जाल समेत अवरुद्ध भएकाले खाद्यान्न ल्याउन सक्ने अवस्था समेत नभएकाले राज्यले पीडितलाई ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।

बाढीका कारण नमोबुद्ध गाउँपालिकामा पनि धेरै धनजनको क्षति भएको छ । अविरल वर्षाका कारण बाढी पहिरोले खानेपानीका मुहान पूर्ण रूपमा अवरुद्ध हुँदा खानेपानीको समेत अभाव देखिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com