२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

महिला टी-२० विश्वकपमा बंगलादेशको विजयी सुरूवात

काठमाडौँ – आजदेखि युएईमा शुरु भएको आइसीसी महिला टी-२० विश्वकपको उद्घाटन खेलमा बंगलादेशले विजयी सुरुवात गरेको छ ।

पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई १६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

बंगलादेशले दिएको १२० रनको लक्ष्य पछाएको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सकेको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै ११९ रन बनाएको थियो ।

जितपछि बंगलादेशले विश्वकपमा सकारात्मक सुरुवात गरेको छ । आइसीसी विश्वकपमा १० बर्षपछि बंगलादेशको महिला टिमले कुनै जित हासिल गरेको छ । बंगलादेशले २०१४ पछि विश्वकपमा जित हासिल गरेको हो ।

अब बंगलादेशले आगामी शनिबार ईङल्याण्डको सामना गर्ने छ भने स्कटल्याण्डले आइतबार वेस्ट इन्डिजको सामना गर्ने छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com