२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित

काठमाडौं । लिओनल मेसीले ह्याट्रिक गरेपछि सन् २०२६ को विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले बोलिभियालाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा मेसीले खेलको १९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेका मेसीले ८४औं र ८६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले ४३औं, जुलियन अल्भारेजले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । दुवै गोलका लागि मेसीले असिस्ट गरेका थिए । यस्तै थियागो अल्माडाले ६९औं मिनेटमा गोल गरेका थिए ।

छनोटमा सातौं जित हात पारेको अर्जेन्टिनाले १० खेलबाट २२ अंक जोडेर शीर्ष स्थानमा छ । बोलिभिया १० खेलबाट १२ अंकसहित सातौं स्थानमा छ ।

दक्षिण अमेरिकी छनोटकै अन्य खेलमा ब्राजिलले पेरुलाई तथा कोलम्बियाले चिलीलाई समान ४-० अन्तरले पराजित गरेको छ । यस्तै पाराग्वेले भेनजुएलालाई २-१ ले पराजित गर्दा उरुग्वे र इक्वेडरले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com