२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

इन्टर मियामी २०२५ को फिफा क्लब विश्वकपमा छनौट

 इन्टर मियामी २०२५ को फिफा क्लब विश्वकपमा छनौट भएको छ ।

इन्टर मियामीले आइतबार बिहान सम्पन्न खेलमा न्यू इङल्याण्डलाई ६-२ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेपछि २०२५ को फिफा क्लब विश्वकपमा छनौट भएको हो ।

यस खेलमा इन्टर मियामीको जितमा लियोनेल मेसीले ह्याट्रिक गरेका थिए । मेसीले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेका हुन् । त्यस्तै लुइस स्वरेजले २ गोल गरेका थिए ।

यसका साथै इन्टर मियामीले अमेरिकन लिग सकरमा कीर्तिमानी ७४ अंक हासिल गरेको छ । ३४ खेलमा २२ खेलमा जित, ८ बराबरी र ४ खेलमा हार बेहोरेको इन्टर मियामीले ७४ अंक बटुलेको छ । योसँगै एमएलएसको रेगुलर सिजन पनि सकिएको छ र इन्टर मियामीले उपाधि जितेको छ ।

फिफा अध्यक्ष गियान्नी इन्फानटिनोले इन्टर मियामी फिफा क्लब विश्वकपमा छनौट भएको जानकारी दिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com