२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

रहस्यमय मृतक सुचिना घलेलाई न्याय दिने प्रचण्डको प्रतिबद्धता

काठमाडाैं ।  पुर्व प्रधानमन्त्री तथा गोरखा क्षेत्र नं.- २, का संघीय सांसद  क.प्रचण्डको निर्वाचन क्षेत्र-२ गोरखा  बारपाक सुलिकोट वडा नं.- १ बारपाक निवासी धार्चे गाउँपालिका कासी गाउँ माईती घर भएकी  सुचिना घले केहिदीन देखी घर नजिकैको  जङ्गलमा घास काट्न जाँदा हराए पछी गाउँलेहरु र प्रहरी मिलेर  खोज्दै   जाँदा १५ गते  जङ्गलमै घासको मुठ्ठा नजिकै रहेको र खाल्टोमा पुरिएको अवस्थामा लास भेटिएको थियो।अहिले पोसमार्टनको लागी काठमाडौं टिचीङ हस्पिटलमा लास ल्याइएको छ ।

यतिबेला बारपाक गाउँ पुरै त्रास र शोकमा डुबेको छ ।
त्यसै निर्वाचन क्षेत्रका सांसद तथा पुर्व प्रधानमन्त्री क.प्रचण्डले गोरखा काठमाडौं सम्पर्क समन्वय समितीको सम्मेलनमा सुचिना घलेको हत्याको बारेमा गोरखाका सबै जनताको अगाडी बोल्दै सुचिनाको परिवार र गोरखाका सबै जनता लाई न्याय  दिन उक्त घटनाको यथाशीघ्र सत्य तथ्य सार्वजनिक गरि दोषी लाई कानुनी दायरामा ल्याई कडाइ रूपमा कार्वाही  गर्न  आफू लागी परिरहेको बताए ।

उहाँले भन्नू भयो आजनै हस्पिटलमा पनी अलि पहिचान हुने गरी पोसमार्टन गर्न समन्वय र पहल  गर्ने छु । म   आजनै गृहमन्त्रालय र नेपाल प्रहरीको नेतृत्व सँग छलफल तथा समन्वय गरि छिटो भन्दा छिटो दोषिलाई पहिचान गरी कानुनी दायराभित्र  ल्याई कडा कार्वाही गर्न  र पिडीतलाई न्याय दिन अग्रसर हुने प्रतिबद्धता गर्दछु।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com