२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

नेकपा क्रान्तिकारी माओवादी निकट, अखिल क्रान्तिकारी द्वारा स्थानिय निर्वाचन बहिस्कार गर्ने निर्णय

काठमाडौँ । ने.क.पा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ले पार्टीले निर्वाचन बहिस्कार अभियानलाई तिब्र परेको छ वर्तमान राज्य व्यवस्थाले देशमा भ्रस्ट्राचार, महँगी बढ्नुको साथै राष्ट्रघाती कामहरु हुने गरेकोले यो व्यवस्थाले देश परिवर्तन नहुने, यसका लागि राज्य व्यवस्था नै बदल्नु पर्ने यस पार्टीले धारणा राख्दै आएको छ ।

अभियानकै क्रममा अखिल (क्रान्तिकारी) ले ३ नम्वर प्रदेश अन्तर्गत पूर्वि कमाण्डका जिल्लाहरुमा बैठक र अभियानको तयारी चलिरहेको र ललितपुर जिल्ला अन्तरगत नमुना मछेन्द्र मा।वि मचिन जिमीको अध्यक्षतामा ३५ मुल ईकाई कमिटि र २ कक्षा कमिटी निर्माण भएका छन् भने, आदर्श शौलमा विशाल भट्टको अध्यक्षतामा मुल ईकाई कमिटि र ३ कक्षा कमिटि निर्माण , मदन स्मारकमा ३ कक्षा कमिटि निर्माण, पाटन ढोका मा.विमा दिपक थापा मगरको अध्यक्षतामा २५ ईकाई कमिटि निर्माण भएको छ। त्रिपघ मा.विमा २ कक्षा कमिटि निर्माण भएको छ।

अभियानमा अखिल (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष शीलु न्यौपाने, सचिव राम तिरुवाको उपस्थित रहेको थियो ललितपुर जिल्ला अभियानलाई संचालन गर्न स्थानिय विधार्थी नेताहरु अखिल (केन्द्रीय) सदस्य ईश्वर सिहं साउद, विधार्थी नेताहरु विष्णु महर्जन, लाल सिंह धामी, देवेन्द्र धामी लगायत सक्रिय रहेका छन् ।

अभियानलाई व्यवस्थित गर्न ललितपुर जिल्लामा वैशाख ३ गते प्रशिक्षण र ५ गते जिल्ला भेलाको तयारी र यस्तै गरि काभ्रे, दोलखा र भक्तपुर जिल्लामा समेत बैठक र अभियानको तयारी भइ रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com