२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

टीआरसीसम्बन्धी आयोगका पदाधिकारी सिफारिसका लागि नयाँ प्रक्रिया थाल्न आग्रह

काठमाडौं । गम्भीर मानवअधिकार उल्लंघन पीडितहरूको राष्ट्रिय सञ्जालले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिसका लागि तत्काल नयाँ प्रक्रिया थाल्न आग्रह गरेको छ ।

सिफारिस समितिले विना निष्कर्ष जिम्मेवारीबाट दुई महिनाको अवधि खेर फाल्नु दुःखपूर्ण रहेको सञ्जालले संक्रमणकालीन न्यायको ढिलाईले आम द्वन्द्वपीडित परिवारजनमा थप अविश्वास, निराशा र आक्रोश बढाएको बताएको छ ।

पुनः आयोग गठनको प्रक्रिया अगि बढाई यथासिघ्र आयोग गठन गर्न अपिल गर्दै सञ्जालले मुख्य दलका नेतृत्वहरू साझा दृष्टिकोण बनाउन नसक्नु दुःखद रहेको जारी विज्ञप्तिमा बताइएको छ ।

‘ऐन कार्यान्वयनको सवालमा इमानदार प्रयत्न नगरिएका,े लोकतान्त्रिक विधि प्रक्रिया भन्दा नियन्त्रित र निर्देशित प्रक्रिया अवलम्वन गरी ब्यापक रुपमा बिषयविज्ञ, इमान्दार र दृढ इच्छा शक्ति भएका सबैपक्षलाई स्विकार्य हुने आयुक्तहरुको खोजी गर्न नसकि आफै बिघटनको स्थितिमा पुग्नु खेदजन्य विषय हो,’ सञ्जालका संयोजक डा. रामकुमार भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com