२०८१ माघ २५ - Fri Feb, 2025 -

Janasewa News

जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मधेश प्रदेशको जनकपुर र वीरगंजमा जारी जय ट्रफी मेन्स एलिट कप अन्तर्गत शनिबार दुई खेल सुरू हुँदै छन् ।

प्रतियोगिताअन्तर्गत पाँचौं खेलमा मधेश प्रदेश र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा साढे ९ बजेदेखि खेल सुरू हुने तय छ ।

त्यसैगरी छैटौं खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेश खेल्नेछन् । जनकपुरमा उक्त खेल पनि साढे ९ बजे सुरू हुने तालिका छ ।

यसअघि भएको खेलमा पुलिसले एक जित र एक ड्रको नतिजा निकाल्दा र आर्मी र बागमतीले आफ्ना दुवै खेलमा ड्र खेलेका छन् भने मधेशले एक खेल ड्र गर्दा एक खेल हारेको छ ।

पुलिस ४० अंकसहित अंकतालिकाको शीर्षस्थानमा रहेर फाइनल खेल्ने बलियो अवस्थामा छ । आर्मी दोस्रो, बागमती तेस्रो र मधेश चौथो स्थानमा छन् ।

यी खेलको नतिजापछि फाइनल खेल्ने टोलीको टुङ्गो लाग्ने छ । शीर्ष दुई टोलीले मंगलबारदेखि हुने तीन दिवसीय फाइनल खेल्ने छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com