२०८१ माघ २५ - Fri Feb, 2025 -

Janasewa News

जापानी राजदूत मेडाले राष्ट्रपति पौडेलसमक्ष पेस गरे ओहोदाको प्रमाणपत्र

काठमाडौँ- नेपालस्थित जापानका राजदूत मेडा तोरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बिहीबार उनले राष्ट्रपति कार्यालय पुगेर आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

सो अवसरमा राजदूत मेडा र राष्ट्रपति पौडेलले दुई देशबीचको द्विपक्षीय सम्बन्ध, नेपालको समृद्धिका लागि जापानले लामो समयदेखि गर्दै आएको आर्थिक सहयोग र जापानमा बढ्दो नेपाली बासिन्दाले देखाएको सक्रिय जन–जनताको आदानप्रदानका बारेमा छलफल गरेका थिए ।

राजदूत मेडाले सन् २०२६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठको सन्दर्भमा आफूले दुई देशबीचको दीर्घकालीन र सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने कुरामा जोड दिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com