२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

वाशिङटन डिसीमा ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किए

काठमाडौं । अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ ।

रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ ।

दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।

ठोक्किएको हेलिकप्टरमा अमेरिकी सेनाका तीन जना सवार थिए । विमान र हेलिकप्टरमा सवार यात्रुको अवस्था थाहा हुन सकेको छैन । नजिकैको नदीमा खोजी भइरहेको छ ।

६० यात्रु र चालकदलका चार सदस्य जना सवार उक्त विमान क्यान्सास राज्यको विचिटाबाट उडेको थियो ।

वाशिङटन डिसीको रोनल्ड रेगन विमानस्थलको धावनमार्ग ३३ मा अवतरण गर्ने तयारीका क्रममा हेलिकप्टरसँग आकाशमा ठोक्किएको र पोटोम्याक नदीमा खसेको अमेरिकाको संघीय नागरिक उड्डयन निकाय (एफएए)ले जनाएको छ ।

विमान र हेलिकोप्टरमा सवार व्यक्तिहरुको अवस्था थाहा हुन सकेको छैन । समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त हेलिकोप्टर अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हो र त्यसमा तीन जना थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com