२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

नेकपा एकीकृत समाजवादीले तोक्यो ३३ विभाग प्रमुख र उपप्रमुख

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकेको छ । जसमा पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्मानित नेता झलनाथ खनालले पाएका छन् । सो विभागको उपप्रमुखमा पार्टीका वरिष्ठ नेताद्धय डा. बेदुराम भुसाल र डा. विजय पौडेल तोकिएका छन् ।

सङ्गठन विभागको प्रमुखको जिम्मेवारी डा. बेदुराम भुसालले पाउँदा रामचन्द्र यादव उपप्रमुख भएका छन् ।

त्यसैगरी विदेश विभाग प्रमुखको जिम्मेवारी प्रमेश हमालले पाउँदा राजकीय मामिला विभाग प्रमुख वरिष्ठ नेता घनेन्द्र बस्नेतले पाएका छन् । यो विभागको उपप्रमुखमा प्रमोद शर्मा छन् । प्रचार विभाग प्रमुखको जिम्मेवारी पार्टी उपाध्यक्ष प्रकाश ज्वालाले पाउँदा दामोदर अर्याल र चमिना भट्टराईले उपप्रमुखको जिम्मेवारी पाएका छन् ।

सङघीय तथा प्रादेशिक मामिला प्रमुखमा पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडा, अनुगमन तथा मूल्याङ्कन विभाग प्रमुखमा पार्टी महासचिव घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे, संसदीय विभाग प्रमुखमा गरिमा शाह, शिक्षा विभाग प्रमुखमा पार्टी सचिव सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा, आर्थिक विभाग प्रमुखमा पार्टी सचिव सोम पाण्डे, सहकारी विभाग प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदीलाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै अर्थ योजना विभाग प्रमुखमा डा. विजय पौडेल, उपप्रमुखमा डा.चन्द्रमणि अधिकारी, पर्यटन विभाग प्रमुखमा जीवनराम श्रेष्ठ र उपप्रमुखमा हंशबहादुर शाही, कृषि तथा भूमिसुधार विभाग प्रमुखमा हरि पराजुली र उपप्रमुखमा चुनु केसी, भौतिक पूर्वाधार तथा यातायात विभाग प्रमुखमा रामचन्द्र झा र उपप्रमुखमा गम्भीरलाल श्रेष्ठले जिम्मेवारी पाएका छन् ।स्थानीय तह विभाग प्रमुखमा कल्याणी खडका र उपप्रमुखमा मिना लामा र डा.सीता ढुङगानाले जिम्मेवारी पाउँदा स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी डा.वंशीधर मिश्र र उपप्रमुख राधा सिलवाल बनेकी छन् ।

राष्ट्रिय हित सुरक्षा विभाग प्रमुखमा साध्यबहादुर भण्डारी, जलस्रोत विभाग प्रमुखमा डा. कृष्ण पन्त, निर्वाचन विभाग प्रमुखमा दिलु पन्त र उपप्रमुखमा अम्बिका थापा, भवानी खडका, कानुन विभाग प्रमुखमा डा.देउमान सम्बाहाम्फे र उपप्रमुखमा कुलप्रसाद फुयाँलले जिम्मेवारी पाएका छन् ।

पार्टीको समाज कल्याण विभाग प्रमुखमा निरादेवी जैरु र उपप्रमुखमा मञ्जु यादव तथा विपद् व्यवस्थापन विभाग प्रमुखमा राजेन्द्रमान श्रेष्ठ र उपप्रमुखको जिम्मेवारी भास्कर काफ्लेले पाएका छन् ।

त्यस्तै उपभोक्ता हित विभाग प्रमुखमा प्रा.डा.इन्दु आचार्य र उपप्रमुखमा रुकमति जागरी तथा श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी सुदेश पराजुलीले पाएका छन् ।

विज्ञान प्रविधि विभाग प्रमुखको जिम्मेवारी शंकर पोखरेलले पाएका छन् भने खानेपानी तथा सरसफाइ विभाग प्रमुख चिरञ्जीवी आचार्य बनेका छन् ।

त्यस्तै खेलकुद विभाग प्रमुखमा देवसिंह महता र उपप्रमुखमा रिता अवाल तथा सहरी विकास विभाग प्रमुखको जिम्मेवारी कृष्णप्रसाद खनाल, वन वातावरण विभाग प्रमुखमा विजय गुरुङ र उपप्रमुखमा अम्बिका थापालाई जिम्मेवारी दिइएको छ ।

उद्योग वाणिज्य विभाग प्रमुखमा परमानन्द भट्ट र उपप्रमुखमा गोमा तिमिल्सिना, उद्यमशिलता विकास विभाग प्रमुखमा होम बुढाथोकी, साहित्य–संस्कृति विभाग प्रमुखमा रमेशरञ्जन झालाई जिम्मेवारी तोकेको माघ १४ गते जारी गरेको अपानीमा उल्लेख छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com