२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

लतिपुरबाट ४ वर्षीय बालकको अपहरण, कलंकीबाट भियतनामी नागरिक पक्राउ

काठमाडौं । ललितपुरबाट चार वर्षीय बालकको अपहरण भएको छ । अपहरणको आरोपमा प्रहरीले एक भियतनामी नागरिकलाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-१२ पाटन बस्ने चेपाङ थरका चार वर्षीय बालकको २४ माघमा अपहरण भएको प्रहरी स्रोतले बताएको छ । राति ८ बजेर २० मिनेट जाँदा ती बालकलाई हराएको भन्दै उनकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

ती बालकलाई भियतनामी नागरिक मि हाङ किन्हालुनले अपहरण गरेको पाइएकाले पक्राउ गरिएको प्रहरीले स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

अपहरण गरेर ती बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइएको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको थियो । अपहरण गरेको आरोपमा २३ वर्षीय भियतनामी नागरिक पक्राउ परेका छन् ।

घटनाबारे पत्रकार सम्मलेन गरेर जानकारी गराउने तयारी प्रहरीले गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com