२०८३ कार्तिक १९ - Wed Nov, 2026 -

Janasewa News

चितवनमा मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

चितवन । चितवनमा खसीबोका बोकेको मिनीट्रक दुर्घटना भएको छ । बिहान करिब साढे ६ बजेको समयमा भएको दुर्घटनामा १९ वटा खसी बोका मरेका छन् ।

प्रहरीका अनुसार उक्त मिनीट्रकमा बर्दियाबाट एक सयभन्दा बढी खसी बोका काठमाडौंतर्फ लगिइँदै थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको मिनिट्रक दुर्घटना भएको हो । भे १ क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा दुर्घटना भएको थियो ।

आज बिहान नै चितवनमा नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेतीदोभानमा दुर्घटना भएको थियो । बिहान साढे ४ बजे २८ जना सवार बस दुर्घटना हुँदा २५ जना घाइते भएको जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com